रिमा विश्वकर्माको प्रश्नः आरोप लागेकै भरमा खेलाडीलाई कालोसूचीमा राख्नु कति न्यायपूर्ण ? – Nepal Press

रिमा विश्वकर्माको प्रश्नः आरोप लागेकै भरमा खेलाडीलाई कालोसूचीमा राख्नु कति न्यायपूर्ण ?

काठमाडौं । प्रहरी अनुसन्धानमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयलाई लिएर अभिनेत्री तथा टिभी प्रस्तोता रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् ।

एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई दोष प्रमाणित हुनु अगाडि नै यसरी कालोसूचीमा राखिनु न्यायपूर्ण नभएको उनको तर्क छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै रिमाले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले सन्दीप लामिछाने दोषी हुन् वा निर्दोष भन्ने छानविनपछि मात्रै थाहा हुने उल्लेख गर्दै दोषी ठहर भए कानून बमोजिम सजाय पाउनुपर्ने पनि बताएकी छन् ।

‘अपराधिले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन । तर आरोप लगाएकै भरमा राज्यले छानविनकै क्रममा रहेको विषयमाथि दोषि नै भएजसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचमिा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’ उनले प्रश्न गरेकी छन् । उनको स्टाटसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चाहिँ रिमाको समर्थन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *