डेंगुको कारण बागमती प्रदेशमा दुईजनाको मृत्यु – Nepal Press

डेंगुको कारण बागमती प्रदेशमा दुईजनाको मृत्यु

हेटौँडा । तीव्र गतिमा फैलिएको डेंगुको कारण बागमती प्रदेशमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर ग्वार्कोका ३६ वर्षका पुरुष तथा हेटौँडा उपमहानगरपालिकाका १३ वर्षीय बालक रहेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुको कारण काठमाडौं तथा हेटौँडामा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

डेंगुको प्रकोपबाट बागमती प्रदेशमा हालसम्म ८ हजार ९१७ जना संक्रमित भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट हुने डेंगुको कारण बागमती प्रदेशको ललितपुर जिल्लामा मात्र ३ हजार ७१ जना संक्रमित भएको श्रेष्ठको भनाई छ ।

श्रेष्ठका अनुसार हालसम्म बागमती प्रदेशका काठमाडौंमा १ हजार ७९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २०५ र धादिङ जिल्लामा १२१ जनामा डेंगुबाट संक्रमित भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *