प्रस्ताव आह्वान गरेको १६ दिनसम्म एउटा पनि लघुबीमाको आवेदन आएन – Nepal Press

प्रस्ताव आह्वान गरेको १६ दिनसम्म एउटा पनि लघुबीमाको आवेदन आएन

काठमाडौं । बीमा समितिले गत भदौ १० गते लघुबीमा खोल्न चाहनेहरूसँग प्रस्ताव माग गर्दै एउटा सूचना जारी गर्‍यो । ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा खोल्न भन्दै ३५ दिनभित्र आवेदन दिन भनेको थियो ।

आवेदन माग गरेको १६ औ दिनसम्म बिमा समितिमा एउटा पनि प्रस्ताव आएको छैन । बिमा समिति स्रोतका अनुसार अहिलेसम्म एउटा पनि प्रस्ताव आएको छैन ।

७५ करोड भन्दा कम चुक्ता पुँजी नहुने गरी प्रस्ताव गर्नुपर्ने भएकाले सबै विवरण मिलाउँदा ढिला भएको हुन सक्ने बताए ।

लघुबीमा कम्पनीमा सुरुमा ७ जना सञ्चालक हुनुपर्नेछ भने पब्लिक कम्पनीको रूपमा आइपिओ जारी गर्दै सर्वसाधारणमा गएपछि ५१ जना सञ्चालक सदस्य हुनुपर्ने समितिले जनाएको छ ।

बिमा कम्पनीहरूले नै लघुबीमा गर्नुपर्ने प्रावधान गरे पनि नियामक बिमा समितिको फितलो नियमन तथा निर्देशनका कारण बिमा कम्पनीहरूले लघुबीमा गर्न मानेन ।

नियामक भएर पनि कडाइका साथ प्रस्तुत हुन नसकेको समितिले तीनै बिमा कम्पनीले गर्न सक्ने कामका लागि पनि अहिले नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन प्रस्ताव माग गरेको छ ।

सरकारले स्वार्थ समूहको चंगुलमा फसेर लघुबीमालाई लाइसेन्स दिन खोजेको आरोप विज्ञहरूले लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *