सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा – Nepal Press

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा

काठमाडौं। अध्यागमन विभागले बलात्कार आरोपी सन्दीप लामिछानेलाई कालो सूचीमा राखेको छ ।

प्रहरीले पत्राचार गरेपछि अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेको डीआईजी श्याम ज्ञवालीले बताए ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख रहेका ज्ञवालीले सन्दीप नेपाल फर्किएपछि अध्यागमनले कालोसूचीमा रहेका कारण प्रहरीलाई खबर गर्न सक्ने बताए ।

‘कालो सूचीमा रहेको देखिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्न सक्छ’, उनले भने ।

क्यारेबियन प्रिमियर लिग (सीपिएल) क्रिकेट खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपले दुई दिनअघि आफू केही दिनभित्र नेपाल फर्कने उल्लेख गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर