रोलिङ नेक्सस १९औं वर्षमा – Nepal Press

रोलिङ नेक्सस १९औं वर्षमा

काठमाडौं । रोलिङ नेक्सस १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । सन् २००४ मा स्थापना भएको कम्पनीले नेपालको अर्थतन्त्रमा मद्दत गर्दै आएको छ । रोजगार प्रदायकको रुपमा स्थापना भएको कम्पनीले अहिले निकै फड्को मरेको छ ।

रोलिङ नेक्ससले रोलिङ जब, क्याट, इभेन्ट, बजार, टेन्डर, बतासे हिल्स, कर्मशील विदेश र रोलिङ स्वदेश जस्ता कम्पनी खडा गरिसकेको छ । मोबाइल एपदेखि टुरिजम सेक्टरसम्म आफ्ना नयाँ गतिविधि बढाइएको कम्पनीले जनाएको छ ।

कम्पनीले विभिन्न सरकारी कार्यालयदेखि निजी कम्पनीसम्म तथा दातृ निकायदेखि प्रतिष्ठित संस्थासम्म लाखौं कर्मचारी प्रदान गर्दै आएको छ ।

कम्पनीले ‘नेपाली मन नेपाली उत्पादन’ भन्ने नारासाथ आफ्नो आर्थिक गतिविधि अघि बढाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *