मेस्सीको सहयोगमा नेयमारको गोल – Nepal Press

मेस्सीको सहयोगमा नेयमारको गोल

काठमाडौं ।स्टार खेलाडी लियोनल मेस्सीको सहयोग र अर्का स्टार नेयमारको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा शनिबार राति ब्रेस्टलाई १-० ले पराजित गरेको छ ।

ब्राजिलियन स्टार खेलाडी नेयमारले मेस्सीले निकालेको उत्कृष्ट पासमा खेलको ३०औं मिनेट गोल गरे । जारी लिगमा नेयमारको यो सातौ खेलमा आठौं गोल हो । यता, मेस्सीले ७ खेलमा ७ असिस्ट र ३ गोल गरेका छन् ।

जितसँगै पिएसजी ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थान छ । पराजित ब्रेस्ट ५ अंक जोडेर १७औं स्थानमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर