न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो – Nepal Press

न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनामा राखेर बिस्तार गर्न लागेको रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा देशभरमा प्रथम भएको छ ।

देशभरका प्रादेशिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर इन्द्र ढकालले बताए ।

गतवर्ष ७४ प्रतिशत ल्याएर प्रथम भएको अस्पतालले अहिले ८० प्रतिशत ल्याएर पुनः प्रथम भएको डा. ढकालले बताए । अस्पतालले दिने सेवा, गुणस्तर, सेवाग्राहीको सन्तुष्टिलगायतका आधारमा अस्पतालको न्यूनतम मापदण्ड मूल्यांकन गर्ने गरिन्छ ।

वि.सं १९ सय ६७ सालमा ६ बेडबाट सुरु भएको अस्पतालमा अहिले १ हजार २ सय बेड पु¥याइएको छ । ४० आईसीयु, ४९ सुविधा सम्पन्न क्याबिन र ५० बेडको मेडिकल वार्डमा विस्तार भएको छ ।

अस्पतालमा लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी जिल्लाबाट समेत उपचारका लागि दैनिक एक हजार २ सय बिरामी आउने गरेका छन् । बिरामीको सुविधाका लागि बस्ने, सुत्ने, कुर्नेदेखि परीक्षण गराउने स्थल र उपकरण सुधारिएका छन् । अस्पताल परिसरभित्र सफा र स्वच्छ खानेपानी र शौचालयहरु बनेका छन् ।

प्रदेश सरकारले विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न भन्दै प्रदेश गौरवको आयोजना अन्तर्गत अस्पतालको प्रारम्भ्कि गुरुयोजना निर्माण गरेको छ । आकस्मिक कक्षमा ५३ हजार ६ सय ६५ जनाले उपचार गराएका अस्पतालका छन् ।

अस्पतालका अनुसार यहाँ एकवर्षमा ३ लाख ४ हजार ७ सय २५ जनाले उपचार गराएका छन् । जनरल ओपीडी इएचएस र बिमाबाट २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *