साफ च्याम्पियनसिप : माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन बढी गोल – Nepal Press

साफ च्याम्पियनसिप : माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन बढी गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिप समूह चरणको खेलमा भारतले माल्दिभ्सको पोस्टमा आधा दर्जन बढी गोल गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न शनिवार को दोस्रो खेलमा अनु तामाङको ह्याट्रिकसहित एक गोलको मद्दतमा भारतले माल्दिभ्सलाई ९-० को नतिजामा पराजित गरेको छ ।

माल्दिभ्ससँगको जितसँगै समूह ‘ए बाट सेमिफाइनल पुग्ने दुवै टिमको टुंगो लागेको छ ।

भारतको जितमा अन्जु तामाङको ह्याट्रिकसहित एक गोल गरिन् । यस्तै, दाङमेइ ग्रेसले २ तथा सौम्य गुगुलोथ, एमके कश्मिना र प्रियंका देवीले १-१ गोल गरे ।

खेलको २४औँ मिनेटमा अन्जु तामाङको गोलमा भारतले सुरूआत अग्रता बनाएको थियो । खेलको ४३औँ मिनेटमा प्रियन्गा देवी नाओरेमले भारतको अग्रता दोब्बर पारिन् ।

कप्तान आशालता देवीको लामो पासलाई नाओरेमले पेनाल्टी क्षेत्रबाट पोष्टको दिशा दिइन् । यस्तै, पहिलो हाफको इन्जुरी समयमा अन्जुले भारतका लागि तेस्रो गोल गरिन् ।

खेलको सुरुवातदेखि नै माल्दिभ्समाथि हाबी भएकोभारतले पहिलो हाफभर अधिकांश समय फाइनल करिब एक दर्जन आक्रमणको प्रयासहरु सफल हुन सकेनन् ।

भारतकी ग्रेस दाङमेइले खेलको ५३औँ मिनेटमा टिमका लागि चौथो गोल गरिन् ।

त्यसको दुई मिनेट नबित्दै भारतले आफ्नो अग्रतालाई ५–० मा पुर्यायो । भारतकी कप्तान आशालता देवीले गरेको क्रर्नर प्रहारलाई सौम्या गुगुलोथले गोलमा परिणत गरिन्।

खेलको ८० मिनेटसम्म ५–० को अग्रता बनाएको भारतले बाँकी १० मिनेटमा चार गोल थप्यो ।

८४औँ मिनेटमा कस्मिानले भारतका लागि छैटौँ गोल गरिन् । त्यसको एक मिनेट नबित्दै अन्जुले ह्याट्रिक पूरा गर्दै टिमका लागि ७औँ गोल गरिन् ।

खेलको ८६औँ मिनेटमा ग्रेस दाङमेइले भारतका लागि आठौँ गोल गरिन् । त्यसको दुई मिनेटपछि अन्जुले व्यक्तिगत चौथो गोल गर्दै भारतको जित ९–० ले सुनिश्चित गरिन्।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी अन्जु तामाङ खेलको ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् ।

दुई खेलमध्ये दुवैमा जित निकालेको भारत समूहको शीर्ष स्थानमा उक्लिएको छ । समूहमा बंगलादेशले पनि समान खेलबाट समान अंक जोडे पनि भारत गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

शनिवारै भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानमाथि ६–० को सहज जित निकालेको थियो ।

 

तस्बिरहरु : गाैरव पाैडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर