समृद्ध गण्डकीको अधुरो काम पूरा गर्न फेरि मुख्यमन्त्री बनेर आउँछु : पिएस गुरुङ (भिडिओ) – Nepal Press

समृद्ध गण्डकीको अधुरो काम पूरा गर्न फेरि मुख्यमन्त्री बनेर आउँछु : पिएस गुरुङ (भिडिओ)

‘म पार्टीको उपमहासचिव हुँ, प्रदेशमा लड्छु भनेपछि पार्टीले हुँदैन भन्न मिल्दैन’

लमजुङ । नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले थालेका अधुरो योजना पूरा गर्नका लागि पुनः मुख्यमन्त्री बन्न प्रदेश सभाको उम्मेदवार बन्न लागेको बताएका छन् । उनले गण्डकीको समृद्धिका लागि आफू फेरि मुख्यमन्त्री बनेर आउने बताएका हुन् ।

गृह जिल्लामा शनिवार आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले आफूले थालेका काम पूरा गर्न संघीय मन्त्री भएर नसक्ने भएकाले मुख्यमन्त्री नै बन्न चाहेको बताए । उनले जमिन्द्रमान घलेलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएर आफू प्रदेशमा चुनाव लड्न खोजेको प्रस्ट पारे ।

उनले भने–हामीले थालेका धेरै कामहरू अधुरो छन् । विश्वविद्यालय अधुरो छ । हामीले खोलेका अस्पतालको बेहाल छ । कृषि,सडक लगायत हामीले अघि सारेका परियोजना यो सरकारले अलपत्र पारेको छ । गण्डकी प्रदेशका ११ जिल्लाका ८५ हजार घरधुरी बेरोजगार छन्,तीनलाई रोजगारी दिनका लागि मैले मुख्यमन्त्री नै बन्नुपर्छ ।

गुरुङले आफू पार्टीको उपमहासचिव समेत भएकाले पार्टीले आफूले रोजेको ठाउँमा चुनाव लड्न अनुमति दिने विश्वास समेत व्यक्त गरे । त्यो कुरा आफ्नो अधिकार समेत रहेको भन्दै गुरुङले उपमहासचिवले रोजेको ठाउँमा चुनाव लड्न पार्टीले अनुमति दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर