भक्तपुर जिल्ला स्तरीय ब्याडमिन्टनको उपाधि न्यौपाने र कार्कीलाई – Nepal Press

भक्तपुर जिल्ला स्तरीय ब्याडमिन्टनको उपाधि न्यौपाने र कार्कीलाई

महिला एकल तर्फ कृषा च्याम्पियन

भक्तपुर । भक्तपुर जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको युगल तर्फको उपाधि साजन न्यौपाने र भिमराज कार्कीको जोडीले हात पारेको छ ।

शनिवार भएको फाइनल प्रतिस्पर्धामा साजन न्यौपाने र भिमराज कार्कीको जोडिले महेश कार्की र अशोक अधिकारीको जोडीलाई २१–११ र २१–१० को सोझो सेटमा हराउँदै उपाधि चुम्दै भक्तपुर जिल्ला च्याम्पियन समेत भएको छ । प्रतियोगिताको फाइनल स्पर्धामा सहभागी दुवै टिम मध्यपुर थिमी नगरपालिका–७ का रहेका छन् ।

प्रतियोगिताको पुरुष एकल तर्फ सूर्य विनायक नगरपालिका– ८ का आयुष प्रजापती ले सोही नगरपालिका–३ का रमेश बस्नेतलाई २१–१३, १८–२१ र २१–१६ को को कठिन जित निकाल्दै उपाधिमा आफ्नो रक्षा गरेका थिए ।

महिला एकल तर्फ मध्यपुर ठिमी नगरपालिका–४ की कृषा श्रेष्ठले मध्यपुर थिमी नगरपालिका–७ की शर्मिला केसी लाई २१–१८, १७–२१ र २१–१२ को अन्तरमा हराउँदै प्रथम भएकी थिइन ।

त्यस्तै भेट्रान ४५ वर्ष उमेर समूह अन्तर्गत युगलमा मध्यपुर थिमी– ८ का पूर्णहरी होना र प्रेम भक्त ज्यानाको जोडीले मध्यपुर ठिमी नगरपालिका–३ का भीम गिरी र देन लामाको जोडीलाई २१–१६ र २१–१९ को सोझो सेटमा हराउँदै उपाधि चुमेको थियो ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्र भक्तपुरको आयोजनामा भदौ १८ देखि प्रतियोगिता सुरु भएको थियो । १२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरेका थिए । सबै प्रतियोगितामा उत्कृष्ट भएकोमा मध्यपुर ठिमी नगरपालिका–७ लाई टिम च्याम्पियन घोषित गरिएको थियो ।

मध्यपुर ठिमी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतीलाई टिम च्याम्पियन भएको ट्रफी प्रदान नगरिएको थियो । विजयी खेलाडीहरूलाई खेलसँग सम्बन्धित संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले पुरस्कार वितरण गरेका थिए ।

भक्तपुर जिल्लाका ६५ टिमका २०० बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी ब्याडमिन्टन हलमा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर