२४ घण्टामा थपिए १६३ जना कोरोना संक्रमित – Nepal Press

२४ घण्टामा थपिए १६३ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४३ जनाको नमूना परीक्षण गर्दा एक सय ६३ जनामा संक्रमण देखिएको हो ।

पीसीआर परीक्षणबाट एक सय १२ जना र एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसै गरी, हाल नेपालमा २४ सय २० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *