पाकिस्तानको पोस्टमा बङ्गलादेशको आधा दर्जन गोल – Nepal Press
साफ च्याम्पियनसिप :

पाकिस्तानको पोस्टमा बङ्गलादेशको आधा दर्जन गोल

काठमाडौं । कप्तान सविना खातुनको ह्याट्रिक प्रेरित साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६-० गोलले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार सम्पन्न खेलमा पाकिस्तानलाई दोस्रो जित दिलाउन कप्तान सविना खातुनले तीन गोल, मोनिका चक्मा, मोसामद सोप्ना र रितु पोर्ना चक्माले समान एक गोल गरे ।

बङ्गलादेशकी मोनिका चक्माले खेलको चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

बङ्गलादेशकी कप्तान सविना खातुनको प्रहार पाकिस्तानी गोलकिपरले  क्लियर गर्न नसक्दा प्राप्त मौकलाई मोनिकाले सदुपयोग गरिन् ।

खेलको २८औँ मिनेटमा मोसामद सोप्नाले बङ्गलादेशको अग्रतालाई दोब्बर पारिन् ।

त्यसको तीन मिनेट नबित्दै कप्तान सविनाले बङ्गलादेशको अग्रता ३–० मा पुर्याइन् ।

खेलको ३५औँ मिनेटमा सविनाले बङ्गलादेशको अग्रतालाई ४–० मा पुर्याइन् । सन्जिदा अख्तरले बायाँबाट गरेको क्रसलाई सविनाले पोस्टको दिशा दिएकी थिइन् ।

सुरुआतदेखि नै पाकिस्तानमाथि हाबी भएको बङ्गलादेशले दोस्रो हाफमा बाँकी दुई गोल थप्यो ।

सविनाले ५९औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै टिमकालागि पाँचौँ गोल गरिन् ।

रितु चक्माले ७७औँ मिनेटमा गोल गर्दै बङ्गलादेशको जितको ६(० ले सुनिश्चित गरिन् ।

समूह ‘ए’ मा रहेको दुवै टिमको यो दोस्रो खेल हो । यसअघिको पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० ले हराउँदा पाकिस्तान भारतसँग ३–० ले नै पराजित भएको थियो ।

आज हुने दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्दै छन् ।

तस्बिरहरु : उमेश कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर