स्वास्थ्यमा सरुवा आतंक, आस्थाका आधारमा दरबन्दी नभएका पालिकामा खेदिएको महासंघको आरोप – Nepal Press

स्वास्थ्यमा सरुवा आतंक, आस्थाका आधारमा दरबन्दी नभएका पालिकामा खेदिएको महासंघको आरोप

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले चुनावको मिति घोषणा भएर निर्वाचन आयोगले आचारसंहितासमेत लगाइसकेको अवस्थामा स्वास्थ्यका कर्मचारीहरुलाई आस्थाका आधारमा सरुवा र काज फिर्ता गरेर आतंकित बनाइएको आरोप लगाएको छ ।

महासंघका महासचिव डा. सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोबल गिराउने गरी सरुवा काज फिर्ता जस्ता कार्य गरेर आतंकित पारिएको बताएका छन् । उनले देशभर पालिकाहरुमा दुःख दिने नियतले दरबन्दीविना सरुवा गरिएको बताएका छन् ।

संघीय सरकार र प्रदेश सरकारले स्वास्थ्यकर्मीहरुलाई पूर्वाग्रही तरिकाले सरुवा गरेको उनको आरोप छ । महासंघका सचिव रुपा केसीसहित अन्य कर्मचारीलाई स्वास्थ्य बीमा बोर्डबाट काज फिर्ता गर्दा पूर्वाग्रह साँधिएको आरोप महासंघको छ ।

महासंघले आस्थाकै आधारमा दरबन्दी नभएका तथा अपायक ठाउँमा सरुवा गरिएको भन्दै तत्काल यस्ता निर्णय नसच्याए विरोधमा उत्रिने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *