साधारण तारेखमा छाडिए कमेडियन अपूर्व – Nepal Press

साधारण तारेखमा छाडिए कमेडियन अपूर्व

काठमाडौं । जातीय भावनामा ठेस पुग्ने गरी कमेडी गरेको आरोपमा पक्राउ परेका अपूर्व क्षितिज सिंह साधारण तारेखमा छुटेका छन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले कोरोना संक्रमण भएपछि अपूर्वलाई साधारण तारेखमा छाडिएको जनाएको छ । अपूर्व ११ दिनअघि पक्राउ परेका थिए । वुधबार मात्र ५ दिनको म्याद थपिएको थियो ।

हिरासतमै बिरामी भएपछि मंगलबार उनी अस्पताल भर्ना भएका थिए । नेवारी समुदायका अभियन्ताको उजुरीपछि अपूर्व पक्राउ परेका हुन् । सार्वजनिक आलोचनापछि माफी मागेर भिडियो हटाए पनि अपूर्व पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *