दशैंमा जोड्ने होइन त फर्निचर तथा फर्निसिङ ? (फोटो फिचर) – Nepal Press

दशैंमा जोड्ने होइन त फर्निचर तथा फर्निसिङ ? (फोटो फिचर)

काठमाडौं । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा आज दिउँसो एक्स्पोको औपचारिक उद्घाटन भएको हो ।

५ दिनसम्म चल्ने एक्स्पोको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले उद्घाटन गरेका छन् ।

आज बिहान १० बजेदेखि नै अवलोकर्ताहरुका भने एक्स्पोस्थल खुला गरिएको इभेण्ट सोलुसनले जनाएको छ ।

एक्स्पोका संयोजक ओम बस्नेतका अनुसार सबै प्रदर्शकहरूले चाडपर्वलाई लक्षित गरी अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरू सञ्चालन गर्नेछन् ।

विभिन्न ब्रान्डका प्रदर्शकहरूले वस्तु तथा सेवा हेरी विभिन्न किसिमका अफरमा अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन उपलब्ध गराउने छन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए ।

१०० भन्दा बढी प्रदर्शनी कक्ष रहने एक्स्पो अवलोकनका लागि कुनै शुल्क नलाग्ने इभेयट सोलुसनले जनाएको छ । तर, अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ ।

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् ।

एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *