राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएको विजयी सुरूवात – Nepal Press

राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएको विजयी सुरूवात

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरूवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा एनआरएनएले बिहीबार सुदूरपश्चिम प्रदेशलाई १२ रनले हरायो । वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा एनआरएनएले पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाएर ७४ रन जोडेको थियो । एनआरएनएका सागर पुनले १९ बलमा तीन छक्का र तीन चौकासहित अविजित ४६ रन बनाए । सुनाम गौतमले २४ रन जोडे ।

सुदूरपश्चिमले निर्धारित ६ ओभर खेलेपनि ६ विकेट गुमाएर ६२ रन मात्र जोड्न सक्यो । सुदूरपश्चिमका खडक बोहराले १२, राजु रिजालले ११ र बसन्त खत्रीले १० रन बनाए ।

एनआरएनएका आशिष पोखरेल र दीपेश क्षेत्रीले समान ३ विकेट लिए । सानदार ब्याटिङ गरेका सागर प्लेयर अफ दी म्याच घोषित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर