‘ऐना झ्यालको पुतली’ का निर्देशक भन्छन्- विदेशी चलचित्रका कारण शो पाउन सकेनौं – Nepal Press

‘ऐना झ्यालको पुतली’ का निर्देशक भन्छन्- विदेशी चलचित्रका कारण शो पाउन सकेनौं

काठमाडौं । रिलिजअघि नै अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई हलमा स्थान पाउन भने सकस परेको छ । शुक्रबारबाट फिल्म रिलिज हुने भएपनि अहिलेसम्म मल्टिप्लेक्सहरूले शो टाइम नदिएको निर्देशक सुजित बिडारीले गुनासो गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिडारीले आफ्नो गुनासो पोखेका हुन् । उनले चलचित्रलाई सबैले दिएको माया र हौसलाप्रति आभार प्रकट गरेका छन् । तर, भावनात्मक कुराले मात्रै सिनेमा नचल्ने भन्दै दर्शकसम्म पुग्न भने कठिनाइ भइरहेको उनले बताएका छन् ।

बिडारीका अनुसार एउटा हिन्दी फिल्मको सेन्सर नहुँदा ‘ऐना झ्यालको पुतली’ ले शो टाइम पाउन नसकेको हो ।

‘कुन हलमा कुन टाइममा जाउँ भनेर सोधिरहेका साथीभाइहरूलाई जवाफ दिन सकिरहेका छैनौं,’ उनले भनेका छन् ।

यस चलचित्रको अहिलेसम्म एउटा शोमात्रै तय भएको छ । चाबहिलको एफक्यूवमा शुक्रबार दिउँसो १२:१५ को । भोलि सार्वजनिक बिदा पनि भएकाले यदि हलहरूमा राम्रो स्थान पाए यस चलचित्रले उच्च व्यापार गर्ने अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *