शिव परियारको आक्रोशित स्टाटसः ‘पेशेवर पीडित’ लाई कारवाही गर्ने कानून छैन ? – Nepal Press

शिव परियारको आक्रोशित स्टाटसः ‘पेशेवर पीडित’ लाई कारवाही गर्ने कानून छैन ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेको विषयलाई लिएर गायक शिव परियारले सामाजिक सञ्जालमा कडा आक्रोश पोखेका छन् । बलत्कारलाई व्यवसाय बनाउनेहरुको भण्डाफोर नगरिए नेपाल बलात्कारीहरुको देश भनेर नजिर स्थापित हुन सक्ने उनको भनाइ छ ।

सरकारलाई सम्वोधन गर्दै फेसबुकमा परियारले लेखेका छन्, ‘यो पेशेवर पीडित भनाउँदाहरुलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला नि ?कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ?’

उनी थप्छन्, ‘यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस ।’

भोलि प्रधानमन्त्री, मेयर, देखि समाजसेवीसम्मलाई बलात्कारीको ट्याग लाग्न सक्ने चिन्ता परियारले व्यक्त गरेका छन् । सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको उनको भनाइ छ ।

आफूले भेरिफाइड पेजबाट लेखेको स्टटास परियारले केहीबेरमै हटाएका थिए ।

प्रतिक्रिया

One thought on “शिव परियारको आक्रोशित स्टाटसः ‘पेशेवर पीडित’ लाई कारवाही गर्ने कानून छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *