जमैकाकाे म्याचमा सन्दीप फेरि वेञ्चमै – Nepal Press

जमैकाकाे म्याचमा सन्दीप फेरि वेञ्चमै

काठमाडौं । क्यारेबियन प्रिमियर लिग क्रिकेटमा बिहीबार बिहान जमैका तल्लावाजको खेल भएपनि सन्दीप लामिछाने मैदान बाहिरै रहेका छन्। जमैकाले सन्दीपलाई प्लेइंग इलेभेनमा समावेश गरेको छैन।

केही दिन अघि नै सन्दीप सीपीएल खेल्न पुगेपनि सन्दीपले खेल्ने अवसर पाएका छैनन्। मंगलबार एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाएपछि सन्दीपको करियर संकटमा परेको छ।

सन्दीपले हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। नेपाल फर्किएलगत्तै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने तयारी नेपाल प्रहरीको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर