च्याम्पियन्स लिगमा लिभरपुलको लज्जास्पद हार – Nepal Press

च्याम्पियन्स लिगमा लिभरपुलको लज्जास्पद हार

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ।

बुधबार राति भएको समूह चरणको पहिलो खेलमा इटालियन क्लब नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो ।

नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक एक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए ।

खेलमा अग्रता नापोलीले जिलिस्कीको पेनाल्टी गोलमा लिएको थियो । एन्गुइसाले नापोलीको अग्रता दोब्बर बनाउने काम गरे । खेल सकिन एक मिनेट अघि सिमोनले घरेलु टोलीका लागि तेस्रो गोल गरे ।

जिलिस्कीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै इटालियन क्लबलाई ४–० को फराकिलो अग्रता दिलाएका थिए । दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको लिभरपुलका लागि डियाजले गोल गर्दै अन्तर घटाउने काम गरेका थिए । तर घरेलु टोलीले दोस्रो हाफ समेत आफ्नो नियन्त्रणमा राखेको थियो ।

समुह एमा रहेको नापोलीले तीन अंक जोडेको छ । सोही समुहको अर्को खेलमा डच क्लब आजाक्सले रेन्जर्सलाई हराएर तीन अंक बटुलेको छ ।
जर्गेन क्लोपले बुधबार राति च्याम्पियन्स लिगमा नापोलीसँग ४(१ ले पराजित भएको लिभरपुलको प्रदर्शनको आलोचना गरेका छन् । भनेका छन् कि अर्को विपक्षी वुल्भ्स उनीहरूलाई सप्ताहन्तमा खेल्ने सम्भावनामा ‘हँसाउने’ हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर