दर्शकलाई ‘द भ्वाइस’का कोचहरूको कुर्सीमा बस्ने र घुम्ने अवसर – Nepal Press

दर्शकलाई ‘द भ्वाइस’का कोचहरूको कुर्सीमा बस्ने र घुम्ने अवसर

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ४ यही भदौ २४ गतेबाट प्रसारण हुँदै छ । यसैबिच द भ्वाइसको टिमले यति बेला प्रचारप्रसारको कामलाई अगाडी बढाइरहेको छ ।

हिमालय टेलिभिजनबाट हरेक शुक्रवार र शनिवार प्रसारण हुने द भ्वाइस अफ नेपाल सिजन ४ को कोचहरूको कुर्सीमा बस्ने र घुम्ने अवसर दर्शकलाई प्रदान गरिएको छ ।

काठमाडौंका विभिन्न मलमा कोचहरूको वास्तविक कुर्सी नै राखेर दर्शकलाई अनुभव लिने अवसर दिइरहेको छ ।

बिजी मलमा शनिवार र आइतबार कोचको घुम्ने कुर्सी राखियो । जसमा सयौँले घुमेर अनुभव लिएका थिए । साथै बिजी मलमा कोच प्रविशा अधिकारी पनि पुगेकी थिइन् । उनले द भ्वाइस छिट्टै हिमालय टेलिभिजनबाट प्रसारण हुने भन्ने जानकारी दिइन् । साथै उनले गीत गाएर उपस्थित दर्शकलाई सुनाइन् ।

यस्तै सोमबार र मङ्गलवार सिभिल मलमा कुर्सी राखियो । जहाँ द भ्वाइस अफ नेपाल सिजन २ का फाइनलिस्ट गायक आरिफ पुगेका थिए । उनले केहि गीत गाएका थिए । यस्तै बुधवार र भोलि भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा कुर्सी राखिएको छ । आज गायक गोविन पुन पुगेका छन् । यसपछि लबिम मलमा कुर्सी दुई दिन राखिनेछ । द भ्वाइस अफ नेपाल सिजन ४ को बिहीबार ग्राण्ड प्रिमियर हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *