अपूर्व क्षितिजलाई थुनामा राख्न पाँच दिन म्याद थप – Nepal Press

अपूर्व क्षितिजलाई थुनामा राख्न पाँच दिन म्याद थप

काठमाडौं । स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्न प्रहरीले ५ दिन म्याद थप गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले ५ दिन म्याद थपका लागि अनुमति दिएको हो ।

नेवार समुदायको भावनामा चोट पुर्‍याएको भन्दै उजुरी परेपछि अपूर्व पक्राउ परेका थिए । अभद्र व्यवहारको कसुरमा उनलाई १० दिन म्याद थपिएको थियो । आज फेरि पाँच दिन थपिएको प्रहरी स्रोतले बतायो ।

सामाजिक सञ्जालमा अपूर्वको तत्काल रिहाइ गर्नुपर्ने माग बढिरहेको छ । आज संसद‍्मा पनि उनको रिहाइको पक्षमा आवाज उठेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *