सर्लाहीको हरिवनमा सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा – Nepal Press

सर्लाहीको हरिवनमा सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्लाहीको हरिवन नगरपालिका- १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । समुद्घाटन कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।

२०७९ असारसम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरको छ । गत वर्ष एक अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

बैंकको शाखा संख्या देशभर १४७ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *