साफ च्याम्पियनसिप: भारत र पाकिस्तान भिड्दै – Nepal Press

साफ च्याम्पियनसिप: भारत र पाकिस्तान भिड्दै

काठमाडौं । आठ वर्ष लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको पाकिस्तानको छैटौं साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगाशालामा हुनेखेल १ बजे सुरू हुनेछ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा घरेलु टिमले भुटानलाई ४(० को नतिजामा हराएको थियो ।

साफ च्याम्पियनसिपमा पाँच पटकको विजेता भारत र पाकिस्तानको हालसम्म एकपटक मात्रै आमने सामने भएका छन् ।सन् २०१० मा बंगलादेशमा आयोजना भएपहिलो साफमा भारतले पाकिस्तानलाई ८-० को नतिजामा हराएको र थियो ।

आजै ५स्३० बजे हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर