च्याम्पियन्स लिगमा रियाल र सिटीको विजयी सुरूआत – Nepal Press

च्याम्पियन्स लिगमा रियाल र सिटीको विजयी सुरूआत

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड र इङलिस क्लब म्यान्चेस्टर सिटीले युरापियन च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् ।

मंगलबार राति सम्पन्न समूह चरणको पहिलो खेलमा सेल्टिकलाई ३-० गोल अन्तरले हराउँदै रियलले सुखद सुरुआत गरेको हो ।रियालको जितमा भिनिसियस जुनियर, लुका माड्रिच र इडेन हाजार्डले एक एक गोल गरे ।

यस्तै, सिटीले सेभियालाई ४-० गोलको नतिजामा पराजित गर्यो । सिटीलाई जिताउन एर्लिङ हालान्डले २ गोल गरे । भने, फिल फोडेन र रुबेन डियासले एक एक गोल गरे ।

जितसँगै सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह जीको सिटी शीर्ष स्थानमा रहेको छ ।यस्तै, जितसँगै समूह एफको रियलले ३ अंक जोडेको छ ।

रियाल तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर