ग्राहकलाई थाहा नदिई भ्यास सेवामा रिन्यु गरे कारबाही हुने – Nepal Press

ग्राहकलाई थाहा नदिई भ्यास सेवामा रिन्यु गरे कारबाही हुने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले सेवा अटो रिन्यु गरे नियमक निकायले कारबाही गर्ने भएको छ । दूरसञ्चार सेवा प्रदायकहरुले ग्राहकको अनुमतिबिना भ्यालु एडेड सर्भिस (भ्यास सर्भिस) स्वतः नवीकरण गरे दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने भन्दै सूचना निकालेको हो ।

सेवा प्रदायकबाट ग्राहकले प्रयोग गरेको सेवा पुनः प्रयोग गर्ने वा नगर्ने विषयमा ग्राहकलाई जानकारी गराएर मात्रै सेवा रिन्यु गर्नुपर्ने प्राधिकरणले बताएको छ । सेवा पुनः प्रयोग गर्न चाहाने ग्राहकलाई मात्रै सेवा रिन्यु गर्नु पर्नेछ ।

‘भ्यास सेवाको अविधि सकिन लागेको जानकारी ग्राहकलाई सेवा अवधि सकिनुभन्दा अघि नै एसएमएस मार्फत निःशुल्क रुपमा पठाउनु पर्नेछ । ग्रहाकले एसएमएसमा दिएको प्रतिक्रियाअनुसार नै सेवा पुनः लिन चाहेको भएमा रिन्यु गर्ने र प्रतिक्रिया नआएमा सेवा रिन्यु गर्न पाइदैन’ सूचनामा भनिएको छ ।

ग्राहको अनुमतिबिना सेवा रिन्यु नगर्न प्राधिकरणले सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । यदि सेवा प्रदायकले आफु खुशी सेवा रिन्यु गरेमा प्राधिकरणले सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

One thought on “ग्राहकलाई थाहा नदिई भ्यास सेवामा रिन्यु गरे कारबाही हुने

  1. धेरै राम्रो।ncll ले येसरि नै वाक्क दिक्क लगायेर ncll नै चलाउन बन्द गरेको मैले।।अनि पर्याप्त balance छैन भनेर नि दिक्क लगाउछ।हतार मा फोन गरेको बेला न skip हुन्छ।बारम्बार कति सुन्नु??
    यो नि बन्द गराउनु पर्यो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *