भारतीय क्रिकेटर रैनाले अब नखेल्ने – Nepal Press

भारतीय क्रिकेटर रैनाले अब नखेल्ने

नयाँ दिल्ली । भारतीय क्रिकेटर सुरेश रैनाले खेलाडी जिवनबाट सन्याश लिएको घोषणा गरेका छन् । दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका रैनाले मंगलबार व्यवसायिक क्रिकेट पनि अब नखेल्ने घोषणा गरेका हुन् ।

३५ वर्षीय रैनालाई चेन्नई सुपर किङ्सले गत वर्ष रिलिज गरेपनि मेगा अक्सनमा कुनैपनि आईपीएल फ्रेन्चाइजले लिन मानेका थिएनन् ।

रैनाले चेन्नइका लागि ११ सिजन आईपीएल खेलेका थिए जसमा चार संस्करण च्याम्पियन बनेका थिए। रैनाले अन्तिमपटक गत अक्टोबरमा आईपीएल खेलेका थिए । उनी आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान हुन् भने चेन्नईबाट सबैभन्दा बढी रन बनाउने पनि हुन् ।

रैनाले सन् २०१८ देखि प्रथम श्रेणी र लिस्ट ए क्रिकेट खेलेका छैनन् । उनले एक सय ९ प्रथम श्रेणी खेलमा ६ हजार ८७१ रन र ३ सय २ लिस्ट ए खेलमा ८ हजार ७८ रन बनाएका छन् । सन् २००५ मा भारतको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका रैनाले २ सय २६ एकदिवसीय अन्तर्राष्ट्रिय, ७८ टी–२० अन्तर्राष्ट्रिय र १८ टेस्ट खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर