दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव हुँदै, नितेश जङ्गदेखि लाउरेसम्म – Nepal Press

दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव हुँदै, नितेश जङ्गदेखि लाउरेसम्म

काठमाडौं । नेपालीहरूको महान् चाड बडा दसैँको उपलक्ष्यमा काठमाडौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन भएको छ ।

असोज १५ गते शनिवार हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सिवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतका नेपाली कलाकारहरूको प्रस्तुति रहने छ ।

२० हजार भन्दा बढी दर्शकको अपेक्षा गरिएको महोत्सवले सहरी युवा वर्गमा बडा दसैँको प्रवर्द्धन गर्दै एकताको सन्देश दीने, वर्षौ देखी थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखेको छ ।

विगत २० वर्ष देखी काठमाडाैं लगायत नेपालका प्राय सबै सहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सव लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाले संयुक्त रूपमा यो साङ्गीतिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *