टीभीएस नेपालले ल्यायो ‘कायापलट’ अफर – Nepal Press

टीभीएस नेपालले ल्यायो ‘कायापलट’ अफर

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजना भाद्र २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ ।

‘कायापलट’ योजनाअन्तर्गत नकिन्दै टीभीएसको वेबसाइटमा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई स्मार्ट फोन प्रदान गरिनेछ ।

साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गराइने जनाएको छ ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० को मासिक ईएमआईमा बाइक तथा स्कुटर किन्न सकिनेछ । विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *