महिला साफ च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा भुटानसँग भिड्दै नेपाल – Nepal Press

महिला साफ च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२२ आजदेखि सुरू हुँदैछ । दशरथ रंगाशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

साँझ साढे ५ बजेको उद्घाटन खेलमा घरेलु टिम नेपाल र भुटान प्रतिस्पर्धा गदैछन् । घरेलु मैदानमा भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्षसहित नेपाल आजको खेलमा मैदान उत्रिनेछ ।

यसअघिका एक संस्करणमा सेमिफाइनलबाट बाहिरिएको नेपाल त्यसबाहेक सबै संस्करणको उप-विजेता टिम हो ।

नेपालको उपाधि यात्रामा सधैँ तगारो बन्ने गरेको भारतलाई पनि पन्छाउँदै उपाधि घरमै राख्ने लक्ष्यमा छ नेपाली टिम । नेपाली टिममा तीन नयाँ अनुहार समेटिएका छन् । आजको खेलमा अमिसा कार्की, दीपा शाही र समीक्षा घिमिरेमध्ये कसैले मौका पाए राष्ट्रिय टिमबाट डेब्यू गर्नेछन् ।

यस्तै, सावित्रा भण्डारी, पुनम जर्घा मगर र रेखा पौडेलले टिममा पुनरागमन गरेका छन् । गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा पहिलो पटक कप्तानको जिम्मेवारीमा छिन् ।

नेपालको प्रतिद्वन्द्वी भुटानले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । समूह ‘बी’ मा नेपालको अर्को प्रतिद्वन्दी श्रीलंका छ । श्रीलंकासँगको खेल सेप्टेम्बर १२ मा खेल्नेछ ।

समूह‘बी’ मा भारत, पाकिस्तान, माल्दिभ्स, र बंगलादेश छन् । हरेक समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टिमः

गोलकिपरः एन्जिला तुम्बाआपो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डरः हीराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा ठोकर, समीक्षा घिमिरे, विमला वि.क

मिडफिल्डरः विमला चौधरी, मन्जली कुमारी योञ्जन, प्रिती राई, सरु लिम्बु, दिपा राई, दिपा शाही, इन्दिरा राई, अनिता बस्नेत

फरवार्डः अनिता केसी, अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रस्मिकुमारी घिसिङ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर