अन्तिम खेलमा केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य – Nepal Press

अन्तिम खेलमा केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले अन्तिम अभ्यास खेलमा सोमबार २ सय ५६ रनको लक्ष्य पाएको छ ।

पहिला ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन जोड्यो । केन्याका लुकास एक्लैले ५९ रन बनाए । केन्याले ५० औँ ओभरमा २० रन जोडेको थियो ।

तीन खेलको एकदिवशीय शृंखलामा नेपालले अघिल्ला दुवै खेल जितेको थियो । यी दुई टोलीबीच भएको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नेपालले ३-२ ले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर