‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर सार्वजनिक – Nepal Press

‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज गरिएको छ ।

सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । दयाहाङ राई निदाइरहेका छन् । बाल कलाकार आयुशी ढकालका आँखामा आशाका किरण झल्किन्छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराश अवस्थामा देखाइएको छ ।

महेश दवाडीको पटकथा र संवाद रहेको सिनेमामा दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपीन कार्की, वर्षा राउत, रवीन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

कार्तिक ४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा सिंगे लामाको कथा छ । दीर्घ गुरुङको छायांकन रहेको सिनेमामा शंकर थापा स्माइल रकोसिस क्षेत्रीको संगीत र दीर्घ खड्काको सम्पादन छ ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *