‘आशिकी ३’ बन्ने, नायक कार्तिक आर्यन अनुबन्धित – Nepal Press

‘आशिकी ३’ बन्ने, नायक कार्तिक आर्यन अनुबन्धित

काठमाडौं । बलिउड हिट सिरिज ‘आशिकी’को तेस्रो संस्करणमा नायक कार्तिक आर्यन अनुबन्धित भएका छन् । बक्स अफिसमा हिट सावित भएको आशिकीको तेस्रो किस्तालाई निर्देशक अनुराग बासुले निर्देशन गर्नेछन् । सिरिजकी नायिका भने अहिलेसम्म घोषणा गरिएको छैन ।

टी-सिरिज र विशेष फिल्मद्वारा समर्थित सन् १९९० मा बनेको चलचित्र ‘आशिकी’ लाई भने निर्देशक महेश भट्टले निर्देशन गरेका थिए । सो समय राहुल रोय र अनु अग्रवाल मुख्य भूमिकामा थिए ।

पहिलो संस्करणले दर्शकको अपार माया बटुलेपछि सन् २०१३ मा मोहित सुरीद्वारा निर्देशत आशिकी- २ प्रदर्शनमा ल्याइएको थियो । श्रद्धा कपुर र आदित्य रोय कपुर अभिनित दोस्रो संस्करणले पनि बक्स अफिसमा भव्य सफलता पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *