केन्याविरुद्ध नेपाल टस हारेर फिल्डिङमा – Nepal Press

केन्याविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

काठमाडौं । नेपालले घरेलु टोलीविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा क्रिकेटमा नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

नेपाल आज एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपालले २ खेल जितिसकेको छ । नेपालले आजकाे खेलमा टिममा एक जना परिवर्तन गरेको छ ।तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई प्लेइङ सेटमा समावेश गरेको छ ।

यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३ खेलमा जित निकाल्न चाहन्छ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर