युनाईटेडकाे लगातार चाैथाे जित, आर्सनलकाे अपराजित यात्रामा लाग्याे पूर्णविराम – Nepal Press

युनाईटेडकाे लगातार चाैथाे जित, आर्सनलकाे अपराजित यात्रामा लाग्याे पूर्णविराम

काठमाडौं । आर्सनलको अपराजित यात्रालाई पुनविराम लगाउँदै म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा लगातार चाैथाे जित निकालेकाे छ ।

आइतबार सम्पन्न खेलमा युनाईटेडले घरेलु मैदानमा आर्सनललाई ३–१ गाेलकाे नतिजामा पराजित गर्यो ।युनाइटेडको जितमा मार्कुस रासफोर्ड र एन्टोनी सान्तोष, एक गोल गरे ।

खेलको ३५औं मिनेटमा युनाइटेडबाट ‘डेब्यु’ गरेका एन्टोनीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । आर्सनलका बुकायो साकाले ६०औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

त्यसको ६ मिनेट नबित्दै रासफोर्डले युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए । रासफोर्डले ७५औं मिनेटमा व्यक्तिगत दाेस्राे गाेल गर्दै युनाईटेडकाे जित ३–१ ले सुनिस्चित गरे ।

जितसँगै ६ खेलबाट १२ अंक जोडेको युनाइटेड तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्सनल१५ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर