बलिउड फिल्म ‘इश्क पस्मिना’को टिजर र गीत काठमाडौंबाट सार्वजनिक (भिडिओ) – Nepal Press

बलिउड फिल्म ‘इश्क पस्मिना’को टिजर र गीत काठमाडौंबाट सार्वजनिक (भिडिओ)

काठमाडौं । कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको बलिउड चलचित्र ‘इश्क पस्मिना’ को टिजर र गीत काठमाडौंमा सार्वजनिक गरिएको छ ।

बिहानै पशुपतिनाथको दर्शन सकेर प्रोड्युसर सुरज सूर्या मिश्र, नवनायक भविन भानुशाली र नवनायिका मालती चाहरसहितको टोलीले काठमाडौंस्थित होटल एम्वासडरमा मिडियाको उपस्थितिसँगै चलचित्रको टिजर र गीत सार्वजनिक गरेको हो ।

भाविन र मालतीको यो डेब्यु चलचित्र हो । डेब्यु चलचित्र भए तापनि भाविन र मालतीले राम्रो काम गरेको र दर्शकले यो जोडीलाई मनपराउनेमा निर्माता पक्ष ढुक्क रहेको छ । भाविन भारतको लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दीपक चाहरकी बहिनी हुन् ।

भारतको सिमलामा छायाङ्कन गरिएको फिल्मले ९० को दशकको प्रेमकथालाई झल्काउँछ । यो चलचित्रको कथाले सबै युवा पुस्ताको मन छुने नायिका मालतीको भनाइ छ । नेपाल र भारत नजिकै रहेको बताउँदै व्यवसायिक सम्बन्धलाई अझै भावनात्मक बनाउन आफू नेपाल आएको चलचित्रका निर्माता सुरजले बताए ।

चलचित्रलाई निर्देशक अरबिन्द पाण्डेले निर्देशन गरेका हुन् । ‘इश्क पस्मिना’ को ट्रेलर सेप्टेम्बर ७ मा सार्वजनिक हुनेछ भने चलचित्र सेप्टेम्बर २३ बाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *