पूर्व राष्ट्रिय च्याम्पियन विकासले अमेरिकामा जिते रजत पदक – Nepal Press

पूर्व राष्ट्रिय च्याम्पियन विकासले अमेरिकामा जिते रजत पदक

काठमाडौं। पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले अमेरिकामा आयोजित आईबिसी ओपन सुपर सिरिज २०२२ को रजत पदक जितेका छन्।

न्यु जर्सीस्थित इन्टरनेसनल ब्याडमिन्टन सेन्टरमा आयोजना भएको प्रतियोगिताको फाइनलमा विकाशले मलेसियन प्रतिद्धन्द्धी जुल्फाद्ली जुलकिफ्लीसँग हार ब्यहोरे।

मलेसियन खेलाडीले २१९९, २१९९ को सोझो सेटमा खेल जिते। त्यसअघि विकासले पहिलो चरणमा क्यानेडियन, दोस्रो चरणमा इन्डोनेसियन खेलाडीलाई हराएका थिए भने सेमिफाइनलमा चिनियाँ खेलाडीलाई पाखा लगाएका थिए। विकासलाई हराएका जुलकिफ्ली पूर्व जुनियर वर्ल्ड च्याम्पियन हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर