मोबाइल बैंकिङको फण्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ २’ अफर – Nepal Press

मोबाइल बैंकिङको फण्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ २’ अफर

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ २’ को अफर सार्वजनिक गरेको छ ।

सो अफरअन्तर्गत हरेक हप्ता मोबाइल बैकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरुमध्ये १०२ जनाले १०२ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो अफर भाद्र १९ देखि असोज २९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । आइतबारदेखि शनिबारसम्मको समयावधिमा लकी ड्रमार्फत साप्ताहिक विजेताहरु पनि छानिनेछन् ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी फन्ड ट्रान्सफर वा सेन्ट मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस एक न्यूनत्तम शूल्क लाग्ने सजिलो माध्यम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *