निर्देशक सुदर्शन थापा र सुप्रिया बुबाआमा बन्दै – Nepal Press

निर्देशक सुदर्शन थापा र सुप्रिया बुबाआमा बन्दै

काठमाडौं । नेपाली चलचित्रका निर्देशक सुदर्शन थापा तथा मोडल एवम् सञ्चारकर्मी सुप्रिया कटुवाल बुबाआमा बन्न लागेका छन् ।

उनीहरु केही समय अघि विवाह बन्धनमा बाधिएका थिए ।

यसअघि उनीहरु लामो समयदेखि रिलेशनमा थिए । थापाको यति बेला ‘समालिन्छ कहिले मन’ नामक चलचित्र प्रदर्शनको क्रममा रहेको छ । पूजा, आकाश र नव कलाकार सोनमको मुख्य भूमिका रहेको सो चलचित्रको विशेष शोमा सुदर्शन र सुप्रिया बुबाआमा बन्न लागेको खुलसा भएको हो । उनीहरुले यस कुराको अधिकारिक पुष्टि नगरे तापनि बधाई दिनेलाई उनीहरुले धन्यवाद प्रकट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *