सरकारको होसियारीले अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा छ: अर्थमन्त्री – Nepal Press

सरकारको होसियारीले अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताएका हुन् ।

मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गरे । उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको बताए ।

मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए। कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले आग्रह गरे ।

प्रतिक्रिया

One thought on “सरकारको होसियारीले अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा छ: अर्थमन्त्री

  1. सरकारको होइन राष्ट्र बैंकको कामले गर्दा हो। सरकार त कमाउन मात्रै लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *