‘झिङ्गेदाउ’ हेरेर रुँदै निस्किए दर्शक, मिडियामा पहिलोचोटि देखिए केकीका पति रोहित – Nepal Press

‘झिङ्गेदाउ’ हेरेर रुँदै निस्किए दर्शक, मिडियामा पहिलोचोटि देखिए केकीका पति रोहित

काठमाडौं । आजबाट रिलिजमा आएको चलचित्र ‘झिङ्गेदाउ’ले दर्शकको राम्रो साथ पाएको छ । काठमाडौंलगायत देशभरका हलमा एकसाथ लागेको यो चलचित्रको बुकिङमात्र नभएर वर्ड अफ माउथसमेत राम्रो देखिएको छ।

अधिकांश दर्शकहरु ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिङ्गेदाउ’को कथावस्तु मन परेको र चलचित्रले आफूहरुलाई रुवाएको बताउँदै हलबाट निस्किए । कृतिमा आधारित र पारिवारिक फिल्म बनेकाले एकपटक सबैले हेर्नुपर्ने दर्शकहरुको भनाइ थियो।

अभिनेत्री केकी अधिकारी भने चलचित्र हेर्न आफ्नो श्रीमानसहित हल पुगेकी थिइन् । केही समय अगाडिमात्र विवाह बन्धनमा बाँधिएकी केकीले पहिलोचोटि आफ्नो श्रीमानलाई मिडिया र दर्शकसामु साक्षात्कार गराएकी छन् ।

रोहितले केकी र उनको अभिनयमात्र नभएर पूरै चलचित्र नै विशेष बनेको बताए । केकी-रोहितसँगै आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट तथा चलचित्रका सम्पूर्ण टीम चलचित्र हेर्न हलमा उपस्थित थिए ।

पहिलो दिन नै चलचित्र हेर्न हलमा दर्शकहरुको बाक्लो उपस्थिति देखेपछि चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरु खुशीले गदगद देखिन्थे । पहिलो दिनमा राम्रो व्यापार गरेको यो चलचित्रले भोलिबाट दर्शकको कस्तो प्रतिक्रिया पाउँछ त्यो भने भोलिकै दिनले बताउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *