सुगर र क्यालोरी नभएको कोका–कोला नयाँ प्याक बजारमा – Nepal Press

सुगर र क्यालोरी नभएको कोका–कोला नयाँ प्याक बजारमा

काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको नयाँँ प्याक बजारमा ल्याइएको हो ।

फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबि बोतलहरु बातावरण–मैत्री छन् । यसको ग्लास प्याकेजिङले कोका–कोलालाई लामो समयसम्म रेफ्रेश बनाई रक्छ । कोका–कोला जेरो सुगर आरजिबी बोतल काठमाडौँका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैँयामा २५० मि।लि।को ग्लास बोतलमा उपलब्ध छ ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘ हामी हाम्रा उपभोक्ताहरुको लागि हरेक परिस्थितीहरुमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ । चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा । यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबि प्याकमा पनि यहाँँहरु माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताहरुको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘कोका–कोला जेरो सुगरको आरजिबि प्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेश्मेन्टको किफायती विकल्प हो। क्यालोरी बिना रिफ्रेश्मेन्ट लिन चाहने उपभोक्ताहरुको लागि अत्यन्तै उपयुक्त यो प्याक पुन प्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ ।’

कोका–कोला जेरो सुगरको नयाँँ आरजिबि प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *