राष्ट्र बैंकमा ४३ जनाका लागि जागिरको अवसर – Nepal Press

राष्ट्र बैंकमा ४३ जनाका लागि जागिरको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ४३ जनाका लागि जागिर खुलेको छ।

केन्द्रीय बैंकमा प्रशासन र प्राविधिक सेवातर्फ जागिर खुलेको हो। बैंकले खुला प्रतियोगिताबाट सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिक तर्फसहायक निर्देशक (अधिकृत तृतिय) र सहायक अधिकृत द्धितिय पदमा कर्मचारी भर्ना लागेको हो।

राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक पदमा १८ जनाका लागि दरखास्त आह्वान गरेको छ। यसैगरी प्राविधिकतर्फ सूचना प्रविधिमा १ सहायक निर्देशक पदमा, प्रशासनतर्फ सहायक द्धितिय पदमा २४ जनाको लागि दरखास्त आह्वान गरेको छ।

इच्छुक योग्य उम्मेदवारले आजबाट अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन असोज ६ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरी असोज १३ गतेसम्म आवेदन दिने व्यवस्था पनि मिलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *