महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले तिर्‍यो कर – Nepal Press

महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले तिर्‍यो कर

काठमाडौं । काठमाडौं महानगरको अल्टिमेटमपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ । आज फनपार्क व्यवस्थापनले १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो ।

फनपार्कका म्यानेजर बोधराज कट्टेलले महानगलाई आज मनोरञ्जन कर बुझाएको बताए । उनले भने, ‘फनपार्क सञ्चालनमा आएको समयदेखि गत आर्थिक वर्षसम्मको १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेर आएका हौं ।’

काठमाडौं महानगरपालिकाले हिजो २४ घण्टे अल्टिमेटम दिएर पत्र काटेपछि नेपाल प्रेसले सम्पर्क गर्दा फनपार्क सञ्चालकले महानगरलाई कर तिर्न बाँकी नरहेको जिकिर गरेका थिए ।

हिजो महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले फनपार्कलाई पत्र लेख्दै महानगरको बक्यौता कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) २४ घण्टाभित्र बुझाउन ताकेता गरेका थिए ।

तोकिएको समयभित्र बक्यौता नतिरे फनपार्क ‘सिल’ गरिदिने चेतावनी पत्रमा दिइएको छ ।

फनपार्कले समाजकल्याण परिषदलाई मासिक ६ लाख १० हजार ५ सय रूपैयाँ भाडा तिर्ने गरेको छ । सञ्चालनमा आएको ७ वर्षपछि पहिलो पटक फनपार्कले महानगरलाई कर तिरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *