यस वर्ष टी–२० मा सर्वाधिक विकेट लिने विश्वभरका बलरकाे सूचीमा सन्दीप पहिलाे, दिपेन्द्र पनि टप १० मा – Nepal Press

यस वर्ष टी–२० मा सर्वाधिक विकेट लिने विश्वभरका बलरकाे सूचीमा सन्दीप पहिलाे, दिपेन्द्र पनि टप १० मा

काठमाडौं । नेपाली राष्टिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने २०२२ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा बढी विकेट लिने बलर बनेका छन् ।

उनले १८ खेलमा ३८ विकेट लिएका छन् । जसमा उनको उत्कृष्ट हालै सम्पन्न केन्यासँगको टि–२० शृङखलाको ५ विकेट हो । केन्यासँगको चौथो खेलमा सन्दीपले ४ ओभरमा ९ रनमात्र खर्चिँदै ५ विकेट लिएका थिए ।

केन्यासँगको श्रृङखलामा उनले समग्रमा १२ विकेट लिए । र ‘प्लेअर अफ दी सिरिज’ बन्न सफल भए ।

नेपालका दिपेन्द्रसिंह ऐरी २० विकेटसँगै १०औं स्थानमा रहेका छन् । दोस्रो स्थानमा आयरल्यान्डका जोस लिटिल छन् । भने, तेस्रो स्थानमा भारतका भुवनेश्वर कुमार छन् । अष्ट्रेलियाका नाथवानी चौथो स्थानमा रहँदा वेस्ट इन्डिजका जोसन होलर पाँचौं स्थानमा रहेका छन् ।

सन्दीप टी–२० अन्तर्राष्टियमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको शिर्ष १० मा रहेका छन् ।

उनले टी–२० अन्तर्राष्टियमा नेपालबाट सबैभन्दा धेरै विकेट लिएका छन् । सन्दीपले ४३ खेल खेल्दै ८५ विकेट लिएका छन् ।

नेपालका लागि सबैभन्दा धेरै विकेट लिने दोस्रो बलर करण केसी रहेका छन् उनको नममा ६० विकेट छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर