टी–२० विश्वकपको ट्रफीसँग प्रधानमन्त्री देउवा – Nepal Press

टी–२० विश्वकपको ट्रफीसँग प्रधानमन्त्री देउवा

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ट्रफी टूरका लागि अहिले नेपाल ल्याइएको छ ।

विभिन्न ठाउँमा ट्रफी सार्वजनिक गर्ने क्रममा नेपाल ल्याइएको ट्रफीलाई आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लगिएको हो ।

सोमबार नेपाल ल्याइएको ट्रफी मंगलबार चन्द्रगिरी र आज भक्तपुर दरबार क्षेत्र हुँदै प्रधानमन्त्री निवास पुर्‍याइएको हो । ट्रफीलाई सगरमाथा बेस क्याम्पसम्म पुर्‍याउने तालिका रहेको छ ।

टी–२० विश्वकप अक्टोबर १६ देखि १३ नोभेम्बर सम्म अस्ट्रेलियामा आयोजना हुँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *