गर्भवती छैनन् वर्षा राउत, कुरै नबुझी टिकटकमा बधाईको ओइरो – Nepal Press

गर्भवती छैनन् वर्षा राउत, कुरै नबुझी टिकटकमा बधाईको ओइरो

काठमाडौं । हिजोे महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर अभिनेत्री वर्षा राउतले आफ्नो सामाजिक सञ्जाल टिकटकमा एक भिडियो पोष्ट गरेकी थिइन् ।

रातो कुर्था, सिन्दुर, पोते र तिलहरीमा सज्जिएर ‘ल म खाना पकाउन गए हैं’ भनेर हालेको स्टाटससहितको उक्त भिडियोले वर्षालाई अहिले समाचारको हेडलाईन बनाएको छ । एकदिनमै २ मिलियन अर्थात २० लाखमाथि दर्शक बटुलेको सो भिडियोमा वर्षालाई अरुबेलाको भन्दा हल्का मोटाएको र पेटसमेत ठूलो भएको देख्न सकिन्छ । उनको सो भिडियो अहिले भाइरल भईरहेको छ ।

त्यसै पनि वर्षा कहिले आमा हुन्छिन् भन्ने कुरा सबैको लागि सधैँ कौतुहलताको विषय थियो । विवाह गरेको धेरै वर्ष बितिसक्दा पनि वर्षा–सन्जोकले सन्तान नबनाएको देख्दा फ्यानहरुमा मनमा सो कौतुहलता जाग्नु स्वभाविक नै हो । यस्तो बेलामा एक्कासी पेट बढेको देखेपछि उनका फ्यान तथा शुभचिन्तकहरुले उनी गर्भवती भएको अड्कल गरेका छन् । टिकटकका कमेन्टभरि उनलाई बधाई दिनेको घुँइचो छ ।

जताततै उनी आमा हुने कुरा सुनेपछि तथ्य कुरा बुज्न हामीले उनीसँग नै कुराकानी गर्‍यौँ । उनले आफू आमा बन्न लागेको कुरा गलत भएको बताइन् । ‘झट्ट हेर्दा त्यस्तै देखिन्छ । खासमा त्यो ड्रेस अलि नमिलेर हो । सुरुवाल अलिक लामो भएकाले गर्दा मैले हल्कामाथि दोबारेर लाएको थिएँ । हल्का घुमाएर दोबार्दा पेटमा भुक्क भएछ । मैले त्यतिखेर वास्ता गरिनँ । पछि पो सबैको कमेन्ट देखेपछि म आफैँ छक्क परेँ ।’, उनी भन्छिन्, ‘सबैजना ढुक्क भएर बस्दा हुन्छ । यदि त्यस्तो केही भयोे भने म आफैँ सबैलाई जानकारी गराउनेछु ।’

@barsharaut1

La ma khana pakauna gaye hai 🫣 @mamata_mandal_sudi

♬ original sound – Mamata Mandal

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *