नेप्से २१ अंकले घट्यो, एक अर्ब १२ करोडको कारोबार – Nepal Press

नेप्से २१ अंकले घट्यो, एक अर्ब १२ करोडको कारोबार

काठमाडौं । पछिल्लो केही दिनदेखि सेयर बजार निरन्तर ओरालो लागि रहेको छ । आज बजार २१.९७ अंकले बजार घटेको छ । १.१० प्रतिशतले बजारमा गिरावत आउँदा नेप्से परिसूचक १९७३.३८ अंकमा आएको छ ।

आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सयको सेयर कारोबार भएको छ । २ सय २४ वता कम्पनीका २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज सबैभन्दा धेरै सेयर मूल्य आरबीबी म्युचुअल फण्ड १ को वृद्धि भएको छ । सो म्युचुअलको १.९७ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । भने, सबैभन्दा धेरै कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । सो कम्पनीको १० करोड ७४ लाख बराबराको सेयर कारोबार भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *