एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देशसहितको भिडिओ सार्वजनिक – Nepal Press

एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देशसहितको भिडिओ सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देशसहितको भिडिओ सार्वजनिक गरेको छ । बैंकले सन्देशमूलक ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको भिडिओ ले दृढ अठोटका साथ हरहमेशा अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ । साथै, अधिकतम बल, वुद्धि र विवेक सहितको अठोटले कठिन उचाइहरु पनि सहजै चुम्न सकिने सन्देशसमेत रहेको छ ।

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका उपलब्धीहरुलाई मनन गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ । जसमा बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको जनाएको छ ।

भिडिओ:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *