सहकारीलाई सुरक्षा दिन गृहमन्त्रालयसँग भूमि व्यवस्था, सहकारी मन्त्रालयकाे अनुराेध – Nepal Press

सहकारीलाई सुरक्षा दिन गृहमन्त्रालयसँग भूमि व्यवस्था, सहकारी मन्त्रालयकाे अनुराेध

काठमाडौं । पछिल्लो समय सहकारीहरुले बचतकर्ताको पैसा ठगी गरेर भग्ने क्रम वृद्धि हुँदै गएको छ । बचतकार्ताले आफ्नो पैसा फिर्ता नपाएपछि सहकारीका कर्मचारी र सञ्चालकमाथि कुटपिट नै सुरु गरेका छन् ।

पछिल्ला दिनहरुमा केही सहकारी संस्थासंस्थाहरुमा बचत फिर्ता क्रममा संस्थाका अभद्र व्यवार र कुटपिट नै गर्न थालेका हुन् ।

यसैबीच गरिबी निवारण मन्त्रालयले सहकारी विभागको माग बमोजिम सम्बन्धित सहकारीले माग गरेको बेला सुरक्षा व्यवस्था मिलाइदिन गृहलाई अनुरोध गरेको छ ।

‘पछिल्ला दिनहरुमा केही सहकारी संस्थसंस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरुले संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई अभद्र व्यवहार तथा कुटपिट समेत गर्ने गरेको भनी सरकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइ दिन अनुरोध छ,’ सहकारीमा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *